नेपाळी

हामी तपाईंको रुटिनको लागि खरीद गर्न सकिने र गुणस्तर स्वास्थ्य स्याहार, 6 वटा सुविधा मूलक सामुदायिक स्वास्थ्य केन्द्र स्थानहरूमा तत्कालीन र दीर्घकालीन चिकित्सा आवश्यकताहरू प्रस्ताव गर्दछौं।

 

तपाईंको प्रथम भेट-घाट होस् वा धेरै वर्षको लागि बिरामी भएको होस्, तपाईंलाई स्वागत अनुभव गराउन र उत्कृष्ट सम्भावित स्याहार दिन हाम्रो लक्ष्य हो। यसलाई प्राप्त गर्ने एक तरिका भनेको प्रमाणित चिकित्सा गृह हुनु हो। यसको अर्थ हामी तपाईंको जीवनकाल भरि सञ्चालित स्याहार प्रस्ताव गर्छौं र तपाईंको स्वास्थ्यको बारेमा तपाईंलाई निर्णयहरू गर्न सहयोग गर्दछौं। विशेषज्ञहरू, स्थानीय अस्पतालहरू, र सामुदायिक संस्थाहरूको साथमा तपाईं र तपाईंको परिवारसँग साझेदारीमा, हामी तपाईंका सबै चिकित्सा स्याहारको लागि गृह आधार हौं।

 

भाषा क्षमताहरू

धेरै कर्मचारी सदस्यहरू सपेनिस र अन्य भाषाहरूमा दोभाषे छन्। हाम्रो कर्मचारीले नबोल्ने भाषाका बिरामीहरूको लागि हामीसँग 200 भाषाहरू भन्दा धेरै टेलिफोन अन्तर्क्रियाहरू छन्।

 

हाम्रा डाक्टरहरू

हाम्रो प्रदायक टोलीमा समिति प्रमाणित चिकित्सक, डेन्टिस्ट, मनोवैज्ञानिकहरू, नर्सहरू, चिकित्सा सहायकहरू, मध्य-श्रीमती, नर्स र सामाजिक कार्यकारीहरू समावेश गरिएको छ।

 

Services

वयस्क प्राथमिक स्याहार

मानसिक स्वास्थ्य स्याहार

डेन्टल स्याहार

महिनाको स्वास्थ्य र गर्भावस्था

शिशुहरू र बालबालिका

विद्यार्थी स्वास्थ्य

पोषण शिक्षा र वजन व्यवस्थापन

 

स्थानहरू

HHC-एल्बानी पार्क / 3737 W. लरेन्स एभिन्यु, सिकागो, IL 60625

(773) 751-7800

 

HHC-लेकभिउ पेडिएड्रिक सेन्टर / 3048 N. विल्टन एभिन्यु, दोस्रो तल्ला, सिकागो, IL 60657

(773) 296-7580

 

HHC-टोही / 2200 W. टोही एभिन्यु, सिकागो, IL 60645

(773) 751-1875

 

HHC-डिभोन / 1300 W. डिभोन एभिन्यु, सिकागो, IL 60660

(773) 751-7850

 

HHC-लिङ्कन स्क्वेयर / 2645 W. लरेन्स एभिन्यु, सिकागो, IL 60625

(773) 275-1680

 

HHC-विल्सन / 845 W. विल्सन एभिन्यु, सिकागो, IL 60640

(773) 506-4283

 

तपाईंको प्रथम भेट-घाटमा के ल्याउने

तस्विर आइडी

हालको ठेगाना

हालको फोन नम्बर

यदि छ भने, चिकित्सा कार्ड वा बीमा कार्ड

तपाईंले लिइरहनुभएका सबै औषधी-उपचारहरू वा नाम र मात्रा समावेश गर्ने एक सूची

यदि तपाईं विद्यार्थी वा एक शिशु-चिकित्सक हुनुहुन्छ भने खोप रेकर्डहरू।

यदि तपाईं एक नयाँ जन्मेको बच्चा ल्याउँदै हुनुहुन्छ भने डिस्चार्ज फारमहरू।

18 वर्ष भन्दा मुनिका बालबालिकाले उनीहरूका एक बुवा-आमाले साथ दिएको हुन अनिवार्य छ।

स्लाइडिङ स्केल शुल्कको लागि योग्य हुन आवश्यक परेमा विगतका दिनहरूका आम्दानीको प्रमाण।

 

विशेषज्ञ सन्दर्भ र अस्पताल साझेदारहरू

यदि तपाईंलाई हामीले प्रदान नगर्ने विशेषज्ञ स्याहार आवश्यक परेमा कहिलेकहीँ तपाईंलाई बाहिरी सेवाहरूमा सन्दर्भ गरिन सकिन्छ। हामी एक विशेषज्ञ फेला पार्नको लागि तपाईंसँग काम गर्नेछौं। हार्टल्यान्ड स्वास्थ्य केन्द्रहरूमा तपाईंका स्याहार योजनामा उनीहरूका सिफारिसहरू समावेश गरिएका छन् भनि निश्चय गर्नको लागि हामी विशेषज्ञहरूसँग पनि काम गर्नेछौं।

 

यदि तपाईंलाई अस्पतालमा बस्न आवश्यक परेमा हामीसँग विभिन्न अस्पताल साझेदारहरू पनि छन्। हाम्रा प्रमुख साझेदारहरू यी हुन्: एड्भोकेट इल्लिनोइस मेडिकल सेन्टर, स्विडिस कोभेनान्त अस्पताल, लुइस, ए. विइस मेमोरियल अस्पताल, प्रेसेन्स सेन्ट फ्रान्सिस अस्पताल, जोन एच. स्ट्रोगर अस्पताल अफ कुक काउन्टी, र एन एन्ड रोबर्ट एच. लरी चिल्ड्रेन्स अस्पताल अफ सिकागो।

 

औषधि-उपचार छूटहरू

हामी तपाईंलाई आफ्ना औषधीहरू खरीद गर्न योग्य बनाउनको लागि औषधी-उपचारहरूमा छुट प्रस्ताव गर्दछौं। 340 बि कार्यक्रम भनि बोलाइने, बिमा नभएका कुनै पनि बिरामीले अत्यन्त कम खर्चमा प्राय जसो औषधी-उपचारहरू प्राप्त गर्न सक्छन्। यदि तपाईंसँग मेडिकेड वा मेडिकेयर छ भने र तपाईंलाई आवश्यक पर्ने औषधी-उपचारलाई मेडिकेड वा मेडिकेयरद्वारा आवरण गरिएको छैन भने पनि तपाईंले यो छूट प्राप्त गर्न सक्नुहुन्छ।

 

हार्टल्याहन्ड स्वास्थ्य केन्द्र बिरामीहरूले औषधी-उपचार छूटहरू प्राप्त गर्नको लागि जान सक्ने चार चिकित्सालयहरू छन्। तीन साझेदारहरू एल्बानी पार्कमा स्थित फार्मेसी वान, रोजर्स पार्कमा स्थित मोर्स एल फार्मेसी , र अपटाउनमा स्थित लरेन्स हाउस हुन्। यी चिकित्सालयहरूमा तपाईंलाई प्राय औषधी-उपचारहरू $10 भन्दा कम पर्नेछ। यसले औषधिको खर्च र एक डिस्पेन्सिङ शुल्क समावेश गर्दछ। हामी वालग्रिन्ससँग पनि साझेदार गर्दछौं। प्राय जसो औषधी-उपचारहरू वालग्रिन्समा $16 भन्दा कम शुल्क पर्दछन्। तिनीहरूका शुल्कहरू अलिकति उच्च छन् किनभने तिनिहरूका डिस्पेन्सिङ शुल्क उच्च छन्।

 

स्वीकार गरिने भुक्तानीका शुल्क र फारमहरू

आम्दानीलाई बेवास्ता गरी, हाम्रा सेवाहरू सबैको लागि उपलब्ध छन् भनि निश्चय गर्नको लागि, हामी बिमा नभएका बिरामीहरूको लागि एक स्लाइडिङ शुल्क स्केल प्रस्ताव गर्दछौं। स्लाइडिङ शुल्क, जुन सबैभन्दा कम आम्दानी बिरामीहरूको लागि एक भेट-घाटमा $35 पर्दछ, यसले सबै प्रयोगशाला र छाती र हड्डीहरू जस्ताका आधारभूत एक्स-रे समावेश गर्दछन्। यदि तपाईंसँग आफ्नो बिलको बारेमा प्रश्न छ भने, कृपया (७७3) 296-7544 मा हाम्रो बिलिङ विभागलाई सम्पर्क गर्नुहोस्।

 

हामी बिमा नभएका मानिसहरूको लागि मेडिकेड, मेडिकेयर, निजी स्वास्थ्य बिमा स्वीकार गर्दछौं र खर्च गर्न योग्य मूल्यहरू राख्दछौं।

 

स्वास्थ्य बीमा आवश्यकता

ओबामाकेयर पनि भनि चिनिने, अफोर्डेबल केयर ऐन (ACA) ले, अनिवार्य गरेको छ कि सबैभन्दा कानुनपूर्ण अवस्थित यु.एस. निवासीहरूसँग न्यूनतम आवश्यक स्वास्थ्य सेवा आवरण छ वा वर्षको केही भाग वा पूर्ण वर्ष भरि स्वास्थ्य बीमा नहुनाले साझा गरिएको जिम्मेवारी (जरिमाना) भुक्तानी गर्नुपर्दछ।

 

स्वास्थ्य बीमालाई मेडिकेड, मेडिकेयर, निजी बीमा, नियोजक-आधारित आवरण, वा ACA बजार स्थान मार्फत प्राप्त गर्न सकिन्छ। यदि तपाईंसँग पहिले नै यस प्रकारका स्वास्थ्य योजनाहरू मध्ये कुनै एक छ भने, तपाईंले अर्को प्राप्त गर्न आवश्यक छैन। केही व्यक्तिहरू ACA अनिवार्यका विषय बन्न सक्दैनन्। उदाहरणको लागि, कागजात नभएका व्यक्तिहरू र बाल्यकाल आगमनको लागि निलम्बित क्रिया अन्तर्गत परेका व्यक्तिहरू, र घरेलु झगडाका भिक्टिमहरूले स्वास्थ्य स्याहार आवरण प्राप्त गर्न आवश्यक छैनन्। उनीहरूले आफ्नो आम्दानी करहरू फाइल गर्दा साझा गरिएको जिम्मेवारी भुक्तानी गर्नको लागि दायित्व छ। यद्यपि, उनीहरूले आम्दानी करहरू भर्दा छूट अनुरोध गर्न आवश्यक पर्दछ। छूटहरूका बारेमा थप जानकारीको लागि तपाईंले हाम्रो हटलाईनमा कल गर्न सक्नुहुन्छ।

 

यदि हामीले तपाईंको योजना स्वीकार गरेमा, आवरण कसरी प्राप्त गर्ने भनि वर्णन गर्नमा, तपाईंको योग्यता ठम्याउनमा, र तपाईंलाई योजनाको लागि आवेदन गर्नमा मद्दत गर्नको लागि हाम्रा प्रमाण-पत्र हासिल गरेका आवेदन सल्लाहकारहरूले तपाईंलाई जानकारी दिन सक्छन्। हामी निम्न दिन र समयमा व्यक्तिगत बीमा मद्दत प्रदान गर्दछौं:

 

सोमवार र बुधवार: बिहानको 10 बजे – बेलुकीको 4 बजे, HHC-विल्सन, 845 डब्लु. विल्सनमा

मङ्गलवार र बिहीवार: बिहानको 10 बजे – बेलुकीको 4 बजे, HHC-डिभोन, 1300 डब्लु. डिभोन

बुधवार: बिहानको 12 बजे – बेलुकीको 4 बजे, HHC-लिङ्कन स्क्वेयर, 2645 डब्लु. लरेन्स

शुक्रवार: बिहानको 9 बजे – बेलुकीको 12 बजे, HHC-एल्बानी पार्क, 3737 डब्लु. लरेन्स

वा तपाईंले (773) 751-7062 मा हाम्रो हटलाइनमा कल गर्न सक्नुहुन्छ।

 

हार्टल्यान्ड स्वास्थ्य केन्द्रहरूको बारेमा थप जानकारी

सामुदायिक, विद्यालय-आधारित, र विशेषज्ञ स्वास्थ्य केन्द्रहरू समावेश गर्दै 15 स्थानहरू भएका संघीय रूपमा योग्य स्वास्थ्य केन्द्र हो। सिकागोको उत्तरी छेउ र नजिकैका नगरप्रान्तहरूमा सेवा गर्दै, हामीले 2015 मा 19,000 बिरामीहरूलाई चिकित्सा गृह प्रदान गरेका थियौं। एक प्रमाण-पत्र हासिल गरेको चिकित्सा गृह हुनाले, हामी खर्च गर्न सकिने र विस्तृत प्राथमिक स्याहार, मौखिक स्वास्थ्य, र मानसिक स्वास्थ्य सेवाहरू प्रस्ताव गर्दछौं। हामीलाई प्राथमिक स्याहार चिकित्सा गृहको रूपमा पहिचान गर्दै संयुक्त आयोगद्वारा मान्यता-प्राप्त गरिएको छ। संघीय गुणस्तर मापीयले 2014 मा हामीलाई सिकागोमा संघीय योग्य स्वास्थ्य केन्द्रहरूको शीर्षमा दर्जा गरेको थियो।

 

FQHC भनेको के हो?

संघीय योग्य स्वास्थ्य केन्द्र (FQHC) ले अयोग्य क्षेत्र वा जनसङ्ख्यालाई स्वास्थ्य स्याहार प्रदान गर्दछ, स्लाइडिङ शुल्क स्केल प्रस्ताव गर्दछ, विस्तृत सेवाहरू प्रदान गर्दछ, चालू गुणस्तर निर्धारण कार्यक्रम राख्दछ, र अधिकांश पार्षदमा बिरामीहरू भएका निरीक्षण गर्ने निर्देशकहरूको समिति राख्दछ। राष्ट्रिय दरमा 18 मिलियन भन्दा धेरै बिरामीहरूलाई सेवा गर्दै, FQHC ले मेडिकेड र मेडिकेयरबाट संघीय कोष र उन्नत प्रतिपूर्ति प्राप्त गर्दछ।